जापानको मन्दिर अन्तरिक्षमा

जापानको मन्दिर अन्तरिक्षमा

टोकियो । दाइगोजी,एक उत्कृष्ट जापानी मन्दिर हो । जापानले ११ हजार वर्ष पूरानो यो मन्दिरलाई अन्तरिक्षमा लाने प्रयास अगाडी बढाएको छ।

यहाँको फूशिमी वार्डमा अवस्थित यो मन्दिर पाँच तले पगोडा शैलीमा निर्माण गरिएको छ । जापानीज सम्पदा घोषित गरिएको यो मन्दिर युनेस्को विश्व सम्पदाको रुपमा पनि सूचीकृत छ ।

क्योटोस्थित उपग्रह अनुसन्धान तथा विकास कम्पनी तेर्रा स्पेसको सहयोगमा दाइगोजीको प्रतिरुपमा नयाँ मन्दिर बनाइने छ । उक्त अन्तरिक्ष मन्दिरले आईओटी संचार उपग्रहको साथ अन्तरिक्षमा बुद्ध इमेजरी,एक मण्डला र अन्य धार्मिक वस्तुहरु लोअर्बिटमा प्रत्येक ९० मिनेटमा करिब ४५० किलोमिटर उचाइमा पृथ्वीलाई परिक्रमा गर्नेछ । नयाँ मन्दिरलाई जोतेनिन् गोउन्जी नाम दिइएको छ । जसको अर्थ पवित्र स्वर्ग हुन्छ।

फेब्रुअरी  ८ मा दाइगोजीले आफ्नो पहिलो अन्तरिक्ष प्रार्थना समारोह आयोजना गर्ने भएको छ । प्रार्थना शान्ति र सुरक्षाका लागि गरिनेछ किनभने पवित्र मन्दिर पहिलोपटक पृथ्वीको सिमानाभन्दा बाहिर जाँदैछ ।

विश्वमै पहिलो पटक बौद्ध मन्दिरको अन्तरिक्ष यात्राका लागि स्याटलाइट सन् २०२३ मा अर्बिटबाट लन्च गरिने आशा गरिएको छ ।