साउदीमा स्वास्थ्य सम्बन्धी नयाँ प्रोटोकल

साउदीमा स्वास्थ्य सम्बन्धी नयाँ प्रोटोकल

रियाद । कोरोनाको दोस्रो लहर आउने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै साउदी अरब सरकारले स्वास्थ्य सुरक्षाका नयाँ प्रोटोकल र नियम जारी गर्दै यसलाई पूर्ण पालना गर्न निर्देशन जारी गरेको छ ।

विहीबार राती १० बजेबाट यो निर्देशन पालन गर्नुपर्ने कुरा सरकारले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।

विहीबार रियादस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै साउदी अरब सरकारले निर्देशन गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपमा पालना गर्न नेपाली समुदाय समक्ष अनुरोध गरेको छ ।

होटल,पार्टी प्यालेस,ब्याङक्वेट,रेष्टुरेन्ट आदिमा कुनै कार्यक्रम र भोजभतेर नगर्न,आगामी १० दिनसम्म २० जनाभन्दा बढी ब्यक्तिहरु एकै ठाउँ भेला नहुन,आगामी १० दिनसम्म मनोरन्जनात्मक कार्यक्रम नगर्न दूतावासले नेपाली समुदायसमक्ष आग्रह गरेको छ ।

यसैगरी घरभित्र र बाहिर गरिने खेलकुद गतिविधि पनि आगामी १० दिनसम्म बन्द गर्न,क्याफेहरुमा टेकअवे बाहेक डाइनिङ सेवा आगामी १० दिनसम्म बन्द गर्न तथा भौतिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्न दूतावासले नेपाली समुदाय समक्ष आग्रह गरेको छ ।

कोभिड नियन्त्रणका लागि आवश्यक एप डाउनलोड गर्न पनि दूतावासको आग्रह छ ।



No ads found for this position