कुवेतमा विदेशी नागरिकलाई प्रवेश रोक

कुवेतमा विदेशी नागरिकलाई प्रवेश रोक कुवेत सिटी

कुवेत । कुवेत सरकाले कुवेत आउने सबै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । पछिल्लो केही दिनयता कुवेतमा कोरोना संक्रमितको दर बढ्दै गएको र दोस्रो लहर आउन नदिन थप सतर्कता अपनाउँदै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको हो।

विहीबार बसेको मत्रीपरिषदको बैठकले आउँदो आइतबारदेखि दुई हप्तासम्मका लागि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

त्यस्तै व्यापारिक मल र रेस्टुरेन्टदलाई साँझ ८ वजेदेखि विहान ५ बजे सम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ। होटल तथा रेस्टुरेन्टलाई अलाइन अर्डरका होम डेलिभरी अथवा ग्राहक स्वयम् आएर प्याकिङ गरी लैजाने गरी टेक अवे विधि अपनाएर व्यवसाय संचालन गर्न अनुमति दिइएको छ ।

त्यसैगरी सामूहि जमघट, भेला लगायत अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा समेत रोक लगाइएको छ । सामाजि दूरी कायम र मास्कको प्रयोग अनिवार्य गरिएको छ।

दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताललगायतको महत्वपूर्ण सेवा दिने निकायहरु बाहेक अन्य सबै व्यावसायिक क्रियाकलापहरु बन्द गर्न निर्देशन गरिएको छ।

लेडिज शैलून, स्पोर्ट्स क्लब, स्पा रा बारबेर शपहरु भने पूर्ण रुपमा बन्द गर्न सरकारले कडा निर्देशन दिएको छ।

त्यस्तै आगामी फेब्रुअरी २५ र २६ को राष्ट्रिय दिवस र लिबेरेशन दिवस समेत नमनाउन सूचना जारी गरिएको छ ।