नेपालमा रहेका आफ्ना नागरिकलाई होशियार रहन कोरियन दूतावासको आग्रह

नेपालमा रहेका आफ्ना नागरिकलाई होशियार रहन कोरियन दूतावासको आग्रह

काठमाडौं ।  नेकपाभित्रको दुई समुहले आ–आफ्नो समुहको शक्तिप्रदर्शन गर्दैछन् । नेकपाभित्रको केपीओली पक्षले शुक्रबार काठमाडौंमा बृहत आमसभा गर्दैछ भने प्रचण्ड–माधव नेपालपक्षले भोली आमहडतालको घोषणा गरेको छ।

दुबै पक्षको शक्ति प्रदर्शनले मुडभेड निम्तिन सक्ने आँकलन धेरैले गरेका छन् । सम्भवत यहीकारण हुन सक्छ, नेपालस्थित दक्षिण कोरियाली राजदूतावासले पनि आफ्ना नागरिकलाई भोलीको दिन सुरक्षा सतर्कता अपनाउनआग्रह गरेको छ।

दूतावासले बुधवार सूचनाजारी गर्दै उक्तआग्रह गरेको हो।

‘नेपालको सत्तारुढ दल नेकपाको आन्तरिक कलह झनझनै बढिरहेको र दुबै पक्षले ठूला जुलुश तथा हडतालहरु गरिरहेको बेला नेपालमा बस्ने कोरियनहरुले आफ्नो सुरक्षामाध्यानदिन अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

राजनीतिक दलले सडकमा गर्ने शक्ति प्रदर्शनले शारिरिक सुरक्षामा नै खतरा हुन सक्ने भएकोले होशियार हुन र कुनै अप्ठ्यारो अवस्था आएमा दूतावासमा खबर गर्न काठमाडौंमा रहेका कोरियन नागरिकलाई आग्रह गर्दै आकस्मिक सम्पर्क नम्बर पनि विज्ञप्तीमा उल्लेख गरिएको छ।

यस्तो सुचनाले कोरियनहरुले नेपाल सम्बन्धी कस्तो दृष्टिकोण बनाउलान ? प्रश्न सोचनीय छ।