कुवेतमा फेरि लकडाउनको तयारी

कुवेतमा फेरि लकडाउनको तयारी

कुवेत । कुवेतमा फेरि लकडाउन हुने सम्भावना बढेको छ । पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्री परिषद्मा फेरि लकडाउन गर्न सिफारिस गरिएको उच्च श्रोतको हवला दिँदै अरब टाइम्सले जनाएको छ ।

संक्रमणको जोखिम उच्च रहेको भन्दै यहाँको सरकारले आगामी आइतबारदेखि आंशिक लकडाउन र अन्तर्राष्ट्रिय व्यवसायिक उडानहरु कम्तिमा तीन हप्ता बन्द गर्नको लागि मन्त्री परिषद्मा प्रस्ताव गरेको हो।

कुन–कुन क्षेत्र लकडाउन गर्ने र व्यवसायिक उडान बन्द गर्ने भन्ने सम्भवतः बिहिवारको मन्त्री परिषदको बैठकले निर्णय गर्ने समाचारमा जनाइएको छ ।