दर्शकमाझ लोकप्रिय बन्दै गुञ्जनको ‘बदलिंदो भाग्य’

दर्शकमाझ लोकप्रिय बन्दै गुञ्जनको ‘बदलिंदो भाग्य’

काठमाडौं । पछिल्लो समय गीतसंगीतको क्षेत्रमा निकै नै बृद्धि भएको छ । दिनानुदिन सयौंको संख्यामा एक अर्कासँग प्रतिस्पर्धा गर्दै गीतहरु सार्वजनिक भइरहेका छन् ।

कयौं गीतहरुले राम्रो सफलता पनि हात पारेका छन् । गीतहरुको यहि भीडमा ‘बदलिंदो भाग्य’ बोलको एक गीत सार्वजनिक गरिएको छ । गीतमा गुञ्जन उपाध्यायले स्वर भरेकी छिन् भने संगीतसमेत स्वयं गुञ्जनकै रहेको छ ।

त्यस्तै गीतमा तुङ्गा नेपालको शब्द रहेको छ । गीतको भिडियो ‘नेप सिस्टर्स’ को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गुञ्जनको यो गीतलाई दर्शकले मन पराउन थालेका छन् । सामाजिक सञ्जाल तथा युट्युवमा दर्शकबाट गुञ्जनले सकारात्मक प्रतिक्रिया पाएकी छिन् ।