यूएईले विदेशीलाई पनि नागरिकता दिने,नेपालीले पनि लाभ उठाउन सक्ने

यूएईले विदेशीलाई पनि नागरिकता दिने,नेपालीले पनि लाभ उठाउन सक्ने

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) ले विदेशी नागरिकलाई पनि नागरिकता दिने निर्णय गरेको छ । तर,जो कसैले यूएईको नागरिकता लिन भने सक्ने छैनन् ।

यूएईको नागरिकता लिनका लागि यूएई सरकारले केही मापदण्ड तोकेको छ । मापदण्ड पूरा गर्नेले विदेशी नागरिक र उसको परिवारले दोहोरो नागरिकता राख्न सक्ने छन् ।

तोकिएको मापदण्ड अनुसार डाक्टर,इन्जिनियर,कलाकार,लगानीकर्ता लगायतका ब्यावसायिक ब्यक्तिलाई नागरिकता दिने यूएई सरकारले जनाएको छ,जसले युएईको विकासमा पनि भूमिका खेल्न सकोस ।

स्थानीय अखबार द नेशनलका अनुसार, यहाँको सरकारले गरेको यो निर्णयले खास खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकले लाभ लिन सक्ने छन्।

सञ्चारमाध्यमका अनुसार,यूएईको शाही परिवार र सरकारी अधिकारीले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । त्यसको अन्तिम निर्णय यहाँको मन्त्रीपरिषदले गर्ने छ।

कोरोना संक्रमणको महामारी तथा पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण धेरै विदेशी नागरिक यूएईबाट पलायन भएपछि यहाँको सरकारले विशेषज्ञ विदेशी नागरिकलाई आफ्नो मुलुक भित्रयाउन नयाँ नीति ल्याएको हो।

यूएई सरकारको यो निर्णयबाट आ–आफ्नो क्षेत्रबाट विशेषज्ञता हासिल गरेका नेपालीले पनि लाभ उठाउन सक्ने छन्।