युरोपमा जापानलाई यात्रा प्रतिवन्ध

युरोपमा जापानलाई यात्रा प्रतिवन्ध

टोकियो । युरोपेली युनियनले विहीबार जापानबाट यात्रा यात्रा प्रतिवन्ध पुनर्स्थापित गर्ने निर्णय गरेको छ । टोकियो र अन्य क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गर्दै जापान कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न संघर्ष गरिरहँदा नयाँ प्रतिबन्धको निर्णय आएको हो ।

अनावश्यक यात्रा नगर्न भन्दै ईयूले आर्थिक सूचिमा रहेको जापानलाई यात्रा प्रतिबन्ध सूचिमा राखेको हो । पहिलो लहरमा कोरोना महामारी फैलंदा यस्तै प्रतिबन्ध सूचिमा राखेको ईयुले पछिल्लो समय संक्रमण नियन्त्रणमा देखिएपछि जापानलाई उक्त सूचिबाट हटाएको थियो ।

ईयुले अष्ट्रेलिया, सिंगापुर, दक्षिण कोरियालगायत केही देशलाई भने छुटको सूचीमा राखेको छ ।

युरोपियन युनियनको यो निर्णयले जापानबाट युरोप जाने मार्गहरूमा उडान भर्दै आएका एयरलाइन्स कम्पनीहरूलाई उडान योजना समीक्षा गर्न बाध्य बनाएको छ । यद्यपि ईयुको यो प्रतिबन्ध लागू कसरी कार्यान्वयन गर्ने भन्ने बारे निर्णय ईयूका प्रत्येक सदस्य देशमा फरक पर्नेछ ।

जापानमा महामारीको स्थिति संयुक्त राज्य अमेरिका, बेलायत तथा कयौं पश्चिमी यूरोपका देशहरुमा भन्दा कम छ । तर, पूर्वी र दक्षिणपूर्व एशियामा सबैभन्दा बढी प्रभावित देशहरुमा पर्दछ।

जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ लाख ८५ हजार पुगेको छ । संक्रमित ५५ सय भन्दा धेरै व्यक्तिको निधन भएको छ ।

जापानमा हाल राजधानी टोकियो सहित ११ प्रिफेक्चरमा फेब्रुवरी ७ तारिखसम्म आपतकाल घोषणा लागू गरिएको छ ।