मलेसियास्थित नेपाली दूतावासका कर्मचारीमा कोरोनाको आशंका, सेवा बन्द गरियो

काठमाडौं । मलेसियाको क्वालालम्पुरमा रहेको नेपाली दूतावासले शुक्रवार आफ्नो सेवा प्रवाह बन्द गरेको छ । केही कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि दूतावासले शुक्रवारका लागि सेवा बन्द गरेको हो।
‘केही कर्मचारीको पीसीआर परीक्षण गरिएको छ । आज साँझसम्म मात्रै रिपोर्ट आउँछ,’ दूतावासका उपनियोग प्रमुख मोती श्रीले प्रवासखबरसँग भने,‘सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै डिसइन्फेक्सनको लागि कार्यालय बन्द गरिएको हो ।’
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै दूतावासमा सरसफाइ सम्बन्धी काम भइरहेको बताए ।
Facebook Comment