जापानमा तल्लो सदनबाट १९० खर्ब येनको पूरक बजेट पारित

जापानमा तल्लो सदनबाट १९० खर्ब येनको पूरक बजेट पारित

टोकियो । जापानमा तल्लो सदनले मंगलबार १९१ खर्ब येन भन्दा बढीको पूरक बजेट पारित गरेको छ । कोरोना भाइरसको महामारी विरुद्धको लडाइलाई आवश्यक रकमको जोहो गर्न तल्लो सदनले मंगलबार १९१ खर्ब ८० अर्ब येन ९१ खर्ब ८५ अर्ब डलर० बराबरको सो बजेटलाई अनुमोदन गरेको हो ।

पूरक बजेट गत हप्ता तल्लो सदनमा आगामी आवको बजेट मस्यौदाको साथमा पेश गरिएको थियो । स्वास्थ्य उपचारलाई पर्याप्त बजेटलाई पर्याप्त रुपमा प्राथमिकता नदिएर जरुरी नभएका परियोजनामा रकम विनियोजन गरिएको भनेर प्रतिपक्ष दलले आलोचना गरिरहेको भएपनि विहीबार हाउस अफ काउन्सिलर्सले मञ्जुरी दिने अपेक्षा गरिएको छ ।

डिसेम्बरमा मन्त्री परिषद्ले अतिरिक्त वित्तीय टेवा पारित गरिसकेकोले तेस्रो चरणको संक्रमण नियन्त्रणको उपायहरु तत्कालै कार्यान्वयन गर्न खोजिरहेको छ सरकार । यसै अन्तर्गत यस महीनाको शुरुमा प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो र अन्य १० प्रिफेक्चरमा दोस्रो आपतकाल घोषणा गरे । पछिल्लो पूरक बजेटमा १५४ खर्ब ३० अर्ब येन नयाँ विनियोजन गरिएको हो । बाँकी भने यस अघि चालु आवका लागि पारित भइसकेको पूरक बजेटबाट आउनेछ ।

१९१ खर्ब ८० अर्ब येन मध्ये ४३ खर्ब ६० अर्ब येन भाइरस फैलिन नदिने उपायहरु जस्तै प्रिफेक्चरल सरकारका अनुरोधमा रेस्टुरेन्ट र बारहरुको सञ्चालन अवधि कम गर्ने र अस्पतालहरुलाई कोभिड–१९ का बिरामीका लागि थप शैया सुरक्षित गर्न मद्दत गर्न आदिमा खर्च गरिनेछ ।

सरकारले १० खर्ब ३ अर्ब येन भने महामारीको मारमा परेका पयर्टन क्षेत्रलाई टेवा दिन ल्याइएको गो टू अभियानमा प्रयोग गर्ने योजना बनाएको छ । जुलाईको अन्त्यतिर शुरु गरिएको यो अभियान डिसेम्बरको अन्त्यमा देशभर बन्द गरिएको छ । चिकित्सा कर्मचारी र समस्यामा परेका मानिसहरुका लागि वित्तीय सहायता पर्याप्त नरहेको प्रतिपक्षी दलका नेताहरुको दाबी छ । ‘गो टू’ अभियान र सार्वजनिक कामका परियोजनामा खर्च पूरै बन्द गर्नु वा घटाउनु पर्ने उनीहरुले बताइरहेका छन् । तर सत्तारुढ दल भने आफ्नै नीतिमा अडिग देखिएको छ ।