अष्ट्रेलियाको पानीमा डुब्दैछन् नेपाली,सचेतना आवश्यक

अष्ट्रेलियाको पानीमा डुब्दैछन् नेपाली,सचेतना आवश्यक

सिड्नी । नेपालमा समुन्द्र छैन्। सम्भवत यही कारण होला,विदेश आएका नेपाली समुन्द्रको पानीसँग अभ्यस्त हुन सक्दैनन् । यही कारण हो,विदेशका समुद्रमा पटक–पटक दुर्घटनाको शिकार हुन पुग्छन नेपाली । समुद्रको पानीको आफ्नै भाषा हुन्छ,आफनै लय हुन्छ ।

पानी रहेको सार्वजनिक थलोमा विचरण गर्ने विदेशका आ–आफ्नै नियम कानून छन्। कहिलेकाँही यसकै वेवास्ता गर्दा र पानीको भाषा नबुझिँदा समस्या पर्न सक्छ ।

पछिल्लो समय यस्तै समस्यामा परेका छन्,अष्ट्रेलियापुगेका नेपाली । समुन्द्रमा मात्र हैन,तलाउमा समेत डुबेर मुत्यु भएका घटना बाहिर आएका छन् ।

मंगलवार यस्तै दुखद घटना घट्यो अष्ट्रेलियाको ब्रिसबेन नजिक सनसाइनकोष्टमा ।पौडी खेल्ने क्रममा पानीमा डुबेर पर्वत घर भएका एक ४० वर्षीय नेपाली युवाको निधन हुन पुग्यो ।

गैरआवासीय नेपाली संघ कुइन्सल्याडका अनुसार १८ महिनाअघि डिपेण्डेण्ड भिसामा रहेका ती नेपाली युवाको पट मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा डुबेर निधन हुन पुग्यो ।

पौडी खेलेपछि नजिकैको ढुङ्गामा बसिरहेका ती पुरुष केही बेरपछि पानीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मंगलबार साँझ ५ बजेतिर बेपत्ता ती पुरुषको शव साँझ ८ बजेतिर करिव ६ मिटर तल तलाउबाट प्रहरीले बरामद गरेको थियो । उनीसँगै उनका चार जना साथीहरु पनि पौडी खेल्न गएका थिए ।

अष्ट्रेलियाको चर्को गर्मीबाट पार पाउन यहाँ रहेका धेरै नेपालीहरु पौडी खेल्न पुग्छन। पछिल्लो एक वर्षमा पानीमा डुबेर मर्नेको संख्या आधा दर्जनभन्दा बढी रहेको छ

यसअघि सिड्नी नजिकैको वाटामोल्ला पार्कमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर झापाका २७ वर्षीय विद्यार्थी सचित विमलीको निधन भएको थियो ।

सन् २०२० मा मात्रै अष्ट्रेलियामा ६ जना नेपालीले समुन्द्रमा डुबेर ज्यान गुमाएका थिए । यो वर्षको पहिलो महिना नै सिड्नीको उत्तरमा रहेका बेरोरा वाटर्स क्षेत्रमा चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुलीको पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । यही समयमा यहाँको अरेन्ज सहरमा नेपाली युवा रुपेन तामाङको तलाउमा डुबेर निधन भएको थियो । यसैगरी गत वर्षको फेब्रुअरीमा ३२ वर्षिय नेपाली युवा अमित सोनार समुद्री तटमा मृत अवस्थामा फेला परेका थिए ।

त्यस्तै ब्रिसबेन नजिकैको स्ट्राटब्रक आईल्याण्ड नजिकै समुन्द्र किनारमा पौडी खेल्ने क्रममा डुबेर पोखराका निकित श्रेष्ठको पनि निधन भएको थियो ।

एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काका अनुसार अष्ट्रेलियामा पौडीन मिल्ने सार्वजनिक स्थानहरुका आफ्नै नियम कानून छन्,त्यसको पालना गर्दा अलिकति पनि चुक्ने हो भने दुर्घटना हुने गरेका छन् ।

‘हामी चाँडै नै जनचेतना कार्यक्रम ल्याउने तयारीमा छौं,’ संयोजक खड्काले प्रवासखबरसँग भने,‘पौडीदाखेरी पालना गर्नुपर्ने आफ्नै नियम कानून हुन्छन,हामी हाम्रो नेपाली समुदायलाई यसबारे जागरुक गराउने कोशिस गर्छौ ।’

 



No ads found for this position