यस्ता छन् एनआरएनए विशेष महाधिवेशनका निर्णय

यस्ता छन् एनआरएनए विशेष महाधिवेशनका निर्णय

काठमाडौं– गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनले संशोधित विधान र आर्थिक प्रतिवेदन सहमतिका साथ पारित गरेको छ ।

विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा.हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।

नेपाल सरकारको स्वीकृर्तिमा जनवरी २३ र २४ मा भर्चुअल माध्यमबाट विशेष महाधिवेशन आयोजना गरिएको थियो ।

महाधिवेशनमा कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको संघको आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनको लागि गोवा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति समेत गठन गरिएको छ ।