एनआरएनएको विशेष महाधिवेशन सुरु

एनआरएनएको विशेष महाधिवेशन सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन सुरु भएको छ। संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन बोलाइएको हो।

विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक अधिवेशन भर्चुअल (जुम) मार्फत् गरिएको हो।

दुई दिनसम्म चल्ने अधिवेशनको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्दैछन् ।

अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक रामप्रताप थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधि सहभागी हुने संघले जनाएको छ । अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा पारित हुन नसकेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले तयारी गरेको छ । संघ पुनःर्संरचनाका लागि सो महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।

संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिहरुलाई समेत समेटेर अधिवेशनमा सर्वसम्मत रुपमा साझा विधान संशोधनको प्रस्ताव पेश हुने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।