नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर

नेपालीलाई इजरायलमा रोजगारीको बाटो खुल्यो

नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर

काठमाडौं । नेपाल र इजरायलबीच बिहीबार ‘इम्प्लिमेन्टेशन प्रोटोकल’ मा हस्ताक्षर भएको छ। नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीवार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर हुने भएको हो।

प्रोटोकलमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएसँगै अव इजरायलको श्रम बजारमा नेपालीका रोजगारीको बाटो खुलेको को छ। अब केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीले रोजगारीको पाउने छन् । नेपालीले इजरायली श्रम कानुनअनुसार नै सेवा सुविधा पाउनेछन्।

पहिलो चरणमै इजरायले नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपाली केयरगिभर लैजानेछ। ‘जी टु जी’ (सरकार–सरकारबीचको सम्झौता) अनुरुप नेपाली कामदार इजरायल जान पाउनेछन् तर,अहिले इजरायलले लैजाने नेपाली यसअघिको जस्तो घरभित्र काम गर्ने कामदार भने होइनन्।

नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (अनमी वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका व्यक्तिहरु, अंग्रेजी भाषा उत्तीर्ण (लिखित तथा अन्तर्वाता दुवै) निश्चित उमेर, तौल, उचाइ, निरोगी भएको मेडिकल सर्टिफिकेट, अपराधमा नभएकोलगायतका योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनौट भइ जान पाउने छन्।