यसरी सफल भयो फहाद बदरको अमादब्लम आरोहण

यसरी सफल भयो फहाद बदरको अमादब्लम आरोहण

दोहा । भनिन्छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ जब कसैले कुनै उद्देश्य प्राप्ती गर्नको लागि दृढ संकल्प बोकेर अगाडि बढ्छ, उसले जस्तोसुकै चुनौतिको पहाडलाई पनि छिचोल्न सक्छ। फहाद बदरको जीवनमा पनि यस्तै सफलता हात परेको छ।

फहाद बदर कतारका बैंकिङ क्षेत्रका एक कार्यकारी नेता हुन्। उनले विभिन्न उच्च शिखरहरु पर्वतारोहण गरिसकेका छन्। उनी सधैं यस्तै साहसिक कार्यको खोजिमा हुन्छन् र हरेक पर्वतारोहणपछि आफूलाई नयाँ चुनौती दिन्छन। यसै सिलसिलामा उनले फेरी जोखिमपूर्ण पर्वतारोहणको उपलब्धि हासिल गर्ने चुनौतीको छनौट गर्न पुगे। त्यो जोखिमपूर्ण हिमाल हो, नेपालमा अवस्थित अमादब्लम हिमाल। कोभिड–१९ महामारीका बाबजुत पनि उनी सबै आवश्यक सावधानी र उपायका साथ यात्रा सुरु गर्न कम्मर कसे।

जाडो मौसममा पर्वतारोहण यात्रा तय गरी कीर्तिमानी राख्नु भनेको वास्तवमै चुनौतीपूर्ण हुन्छ। महामारी सँगसँगै अवलम्बन गर्नुपर्ने विभिन्न नियमहरूको बाबजुत पनि यस्तो खालको चुनौतीपूर्ण उपलब्धि हासिल गर्नको लागि अमादब्लम हिमाल एक उत्तम गन्तव्य हो। किनकि यसका लागि कठिन परिस्थितिहरूमा प्राविधिक ज्ञानसँगै सहनशीलता पनि उत्तिकै चाहिन्छ।

सगरमाथा र ल्होत्से हिमालमा एकल रुपमै आरोहण गर्ने पहिलो अरबी व्यक्तिको रुपमा नाम लेखाउन सफल फहाद बदरले अर्को कृतिमान राख्न सफल भए, अमादब्लमको शिखरमा सफलतापूर्वक पुगेर। यो नयाँ कीर्तिमान उनले १४ जनवरीमा कायम गरेका हुन्।

अमादब्लम हिमालको आरोहण गर्नुलाई जीवन परिवर्तन गर्ने आरोहणको रुपमा लिइन्छ। नेपाली हिमालयमा अवस्थित अमादब्लम हिमाल एक कठिन हिमाल हो, जसको उचाई ६८५६ मिटर रहेको छ। यो अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई आरोहण सँगै उत्साहजनक चुनौती पनि हुने हुनाले अनुभवी पर्वतारोहीहरुको लागि लोकप्रिय पर्वतारोहण गन्तव्य मानिन्छ।

त्यतिमात्र कहाँ हो  र !  यसको विशाल उचाई र भौगोलिक अवस्थितिको कारणले अमादब्लममा मात्र वर्षमा दुई पटक आरोहण गर्न सकिन्छ। अप्रिलदेखि मेसम्म वा सेप्टेम्बरदेखि अक्टोबरसम्म मात्र। तर,चुनौतीको सामना गर्ने कुरालाई नै आफ्नो रोजाइमा पार्न चाहने फहादले २०२० कै डिसेम्बरमा आफ्नो आरोहण यात्रा तय गरे।

जाडो मौसममै अमादब्लम आरोहण गर्नुमा त्यस्तो विशेषता के छ त ?

हिउँ, बरफ र चट्टानसहितको आरोहण मार्गको अलावा मौसमको कारणले सो अभियान आफैंमा कठिनाइको उच्चतम स्तरमा हुन्छ। यस्तो खालको आरोहण पृथ्वीमै सबैभन्दा प्राविधिक र चुनौतीपूर्ण आरोहण हो। यी सबै कुराहरुले फहादको क्षमता र लचकताको परीक्षण गर्यो, जुन कुराहरुले उनलाई मौलिक अनुभव प्रदान गर्दै आगामी यात्राहरुको लागि उपयोगी सिद्ध हुने ठहर भयो।

‘म अमादब्लमको चुच्चो मा पुग्ने दिन कुरिरहेको थिएँ,’ फहादले भने,  ‘म हिमालहरुबाट टाढा भएको अलिक धेरै समय भएकोले त्यस्तो ठाउँमा फर्कनुपर्छ, जहाँ म आफूलाई जीवितै भएको महसुस गर्न सकुँ भन्ने लागिरहेको थियो।’ कोभिड-१९ को कारणले हिमाल आरोहणका कार्यक्रम महिनौँसम्म रद्द गरिँदा आफूले यस्तो मानसिकता बनाउनु पनि कति महत्वपूर्ण थियो भन्ने कुराको पनि उनले स्मरण गरे।

कतार ट्रिब्यूनको सहयोगमा