जापानमा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

टोकियो । जापानमा सडक दुर्घटनामा परि एक नेपाली महिलाको मृत्यु भएको छ ।
गुन्मा प्रिफेक्चरको अउराचीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपाली महिला बबिता श्रेष्ठको मृत्यु भएको हो।
मंगलबार विहान काममा जाँदै गर्दा श्रेष्ठलाई सेभेन इलेभेन कोम्बिनी अगाडी सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिएको थियो।
जापानको ओतामा बस्दै आएकी श्रेष्ठ एमडी हाकेन कम्पनीमार्फत होवा सान्ग्यो कम्पनीमा काम गर्दै आएकी थिइन्।
ट्रकले ठक्कर दिएपछि घाइते भएकी उनलाई लगत्तै स्थानीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको अस्पतालले घोषणा गरेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर