नेपाल तामाङ घेदुङ संघ कुर्दिस्तानमा नयाँ कार्यसमिति, नेतृत्व श्याम मम्बाको काँधमा

नेपाल तामाङ घेदुङ संघ कुर्दिस्तानमा नयाँ कार्यसमिति, नेतृत्व श्याम मम्बाको काँधमा

कुर्दिस्तान । नेपाल तामाङ घेदुङ संघ कुर्दिस्तान, इराकमा नयाँ कार्यसमिति चयन भएको छ । १५ जनवरी शुक्रबारका दिन सिटी स्टार क्याफेमा सम्पन्न संघको प्रथम अधिवेशनले श्याम मम्बा तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसकाे वरिष्ठ उपाध्यक्षमा विजय तामाङ, महिला उपाध्यक्षमा बिना लामा र उपाध्यक्षमा ठूलो कान्छा तामाङ ,प्रकाश योन्जन र राजु थोकरलाई जिम्मेवारी दिएको छ । त्यस्तै महासचिवमा श्याम घिसिङ, सचीवमा निमा घोले तामाङ,कोषअध्यक्षमा कान्छा लामा र सहकोषअध्यक्षमा सरिता बल तामाङ चुनिएका छन् ।

अधिवेशनबाट निर्वाचित हुने सदस्यहरुमा फुर्कु तामाङ, संन्चा माया तामाङ, शक्तिमान तामाङ, प्रदिप लामा, पासाङ मोक्तान टीकाराम लो, समीर तामाङ, सरेस तामाङ, प्रेमी लामा, सबिना तामाङ (पुर्णिामा), गोदाउरी तामाङ, जिसिका तामाङ, रोशिका तामाङ, सिम्रान तामाङ –स्याङ्बो), नेरुता स्याङ्बो तामाङ,पासाङ तामाङ (बोम्जान) निशा तामाङ र मन कुमारी तामाङ रहेका छन्।

अधिवेशनले संस्थापक अक्ष्यक्ष च्याङ्बा लामाको नेतृत्वमा तीन सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ। जसमा, दिलकुमार लामा र सरिता ब्लोन तामाङ रहेका छन्।

नेपाल तामाङ घेदुङ संघ कुर्दिस्तानका वरिष्ठ उपाध्यक्ष दिल कुमार लामाको अध्यक्षता तथा संघका केन्द्रीय उपाध्यक्ष तथा प्रवास विभागका प्रमुद कुमार घिसिङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन भएको थियो । त्यस्तै अधिवेशनमा केन्द्रका महासचिव मोहित कुमार घिसिङ विशेष अतिथिका रुपमा थिए।

अधिवेशन समारोहमा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी,नेपाली महिला समाज सुलेमानी, प्रवासी एकता समाज अर्बिल, हिमालयन शेर्पा युनिक ग्रुप,रेस्क्यु नेपाल,कुर्दिस्तान प्रवासी कलाकार ग्रुप सुलेमानी लगायतका नेपाली संघसंस्थाबाट अतिथिको रुपमा प्रतिनिधिहरु सहभागी भएका थिए ।