कुवेतमा नेपाली महिलाले गरिन् आत्महत्या

कुवेतमा नेपाली महिलाले गरिन् आत्महत्या सांकेतीक तस्वीर

कुवेत । कुवेतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् । नेपालमा कास्की घर भएकी ३६ वर्षीया महिला बुद्धिसीरी परियारले आत्महत्या गरेकी हुन् ।

परियारले गत १४ जनवरी, बिहीवारका आफू कार्यरत घरमै झुन्डिएर आत्महत्या गरेकी हुन्। उनी विगत ८ वर्षदेखि घरेलु कामदारका रुपमा कुवेतमा कार्यरत थिइन् ।

कुवेतस्थित नेपाली दूतावासका द्दितिय सचिव श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी दूतावासमा आएको पुष्टि गरे । दूतावासको रेकर्ड अनुसार परियार सन् २०१३ मा श्रम स्वीकृति लिएर कुवेत आएको देखिन्छ।

उनी सन् २०१५ मा एकपटक घरविदा नेपाल गएर पुन: कुवेत फर्किएको रेकर्डमा छ ।

परियारले आत्महत्या गर्नुको कारण भने खुलेको छैन् । उनको शवलाई नेपाल पठाउन स्पोन्सरसँग समन्वय गरेर कानूनी प्रक्रिया अघि बढाइएको दूतावासको भनाइ छ ।