विभिन्न १२ देशमा यात्रा नर्गन साउदीको चेतावनी

विभिन्न १२ देशमा यात्रा नर्गन साउदीको चेतावनी

रियाद । साउदी सरकारले आफ्ना नागरिकहरूलाई सम्बन्धित स्थानीय अधिकारीहरूको पूर्व स्वीकृतिबिना विभिन्न १२ देशहरुमा यात्रा नगर्न चेतावनी दिएको छ।

साउदी अरबको आन्तरिक मन्त्रालयको एक स्रोतले बुधबार प्रेस विज्ञप्तिमा जनाएअनुसार ती देशहरुमा लिबिया, सिरीया, लेबनान, यमन,ईरान, टर्की, आर्मिनीया, सोमालिया, डेमोक्रेटिक कँगो, अफगानिस्तान, भेनेजुएला र बेलारुस हुन् । कोरोनाभाइरस (कोभिड–१९) उच्च जोखिम रहेको भन्दै साउदी सरकारले यी देशहरुमा यात्रा प्रतिवन्ध लगाएको हो ।

उसले ती मुलुकमा रहेका आफ्ना नागरिक, जो ती गन्तव्यहरुको यात्रा गर्न इच्छुक छन् ,उनीहरुलाई त्यहाँ रहेका राज्यका दूतावासहरुलाई तुरुन्तै सूचित गर्न भनेको छ।

साउदी सरकारले ती देशहरुमा यात्रा गर्न इच्छुक नागरिकहरूलाई सतर्क रहन, अस्थिर क्षेत्रहरु वा भाइरसको फैलावट तीव्र भएका ठाउँहरुबाट टाढा हुन र आवश्यक सावधानीका सबै उपायहरु अनुसरण गर्न आग्रह गरेको छ।

मन्त्रालयले सो वक्तव्य राज्य बाहिर यात्रा गर्न जान चाहने र राज्यभित्र आउन चाहने मानिसहरुलाई ३१ मार्च देखि अनुमति दिने भनी गत जनवरीमा जारी वक्तव्यको संश्लेषणको रुपमा आएको संकेत गरेको छ।