मलेसियामा महामारीको कारण देखाउदै संकटकाल घोषणा

मलेसियामा महामारीको कारण देखाउदै संकटकाल घोषणा

क्वालालम्पुर (मलेसिया) । कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै मलेसियाका प्रधानमन्त्री हुदयिदिन यासिनको सिफारिसमा यहाँका राजा अब्दुल्लाहले संकटकालको घोषणा गरेका छन् ।

मलेसियन संचारमध्यमहरुले जनाए अनुसार,संकटकाल घोषणा गरेपछि संसद पनि स्वतः निलम्बन हुने यहाँको कानूनी प्रावधान छ । ६ महिनाका लागि लगाइएको संकटकाल कोरोना महामारीको अवस्था हेरेर ६ महिनाअघि नै खुकुलो हुन सक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री यासिनले गएको अक्टोबरमा संकटकाल लगाउन सिफारिस गरेपनि त्यसबेला राजा अब्दुल्लाहले अस्विकार गरेका थिए । यसअघि १९६९ मा साम्प्रदायिक हिंसा भड्किएपछि संकटकाल लागू भएको थियो ।

तर,के अहिले संकटकाल लगाउने परिस्थिती हो ? सरकारका विपक्षीहरुको जवाफ छ,‘संकटकाल लगाउन आवश्यक थिएन,आफूले सरकारमा रहँदा गरेका कमीकमजोरी लुकाउन प्रधानमन्त्रीले संकटकालको अस्त्र फालेका हुन ।’