कुवेतमा नेपाली महिलाको मृत्यु, शव नेपाल पठाउन आर्थिक समस्या

कुवेतमा नेपाली महिलाको मृत्यु, शव नेपाल पठाउन आर्थिक समस्या सांकेतीक तस्वीर

कुवेत । कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ । लामोसमयदेखि घरेलु कामदारको रुपमा कार्यरत काँकडा–१ मकवानपुरकी सरिता थिङको आइतबार मृत्यु भएको हो।

उनको स्थानीय आदान अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । ग्यास्ट्रिक बिग्रिएर अल्सर भएपछी उनलाई अस्पातलमा भर्ना भएकी थिइन् ।

नेपाली राजदूतावास कुवेतका अनुसार थिङ २ वर्षअघिदेखि अवैधानिक हैसियतमा रहेकी थिइन् । उनी आफूले काम गर्दै आएको घर छोडेर भागेकी थिइन् ।

पछिल्लो समय उनी अवैधानिक रुपमा लुकेर काम गर्दै आएको देखिन्छ । उनी भारतीय बाटो हुँदै कुवेत पुगेकी थिइन् ।

नेपालमा रहेका मृतकक आफन्तसँग सम्पर्क भएको र शव पठाउने सन्दर्भमा कानूनी प्रकृया शुरु गरिएको दूतावासले जनाएको छ।

तर,सरिता स्पोन्सरबाट भागेको र श्रम नगरि आएका कारण शब नेपालसम्म पुर्याउन लाग्ने खर्च जुटाउन समस्या परिरहेको दूतावासको भनाइ छ।