कोरोनाको संक्रमणबाट यूके र मलेसियामा थप ३ नेपालीको मृत्यु

कोरोनाको संक्रमणबाट यूके र मलेसियामा थप ३ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेकेमा २ जना र मलेसिया १ जनाको निधन भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथ अफ्रीका, यूके, भारत, यूएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।