ओमनमा अवैधानिक भएका नेपालीलाई घर फर्किन पाउने अवधि थप

ओमनमा अवैधानिक भएका नेपालीलाई घर फर्किन पाउने अवधि थप फाइल फोटो

मस्कट । यहाँ गैरकानुनी हैसियतमा बसेका नेपाली श्रमिकका लागि खुसीको खबर छ । श्रम गरिरहेका तर वैधानिक हैसियत पाउन नसकेका नेपाली श्रमिकका लागि घर फर्किने अवधि थप गरिएको छ ।

यसअघि ओमानको श्रम मन्त्रालयले नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मका लागि गैरकानुनी हैसियतमा रहेका नेपालीलाई जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन पाउने निर्णय गरेको थियो । मस्कटस्थित नेपाली दूतावासका अनुसार,यो समयमा धेरै नेपाली घर फर्किसकेका र बाँकी रहेकाहरुले पनि आगामी मार्च महिनासम्म जरिवाना लाग्ने छैन ।

दूुतावासले कामदार अनुमतिपत्र तथा भिसाको म्याद सकिएर ओमानमा अवैधरुपमा बसिरहेका नेपाली श्रमिकलाई आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।