इराकमा मगर संघले माघे सक्रान्ति मनाउने

इराकमा मगर संघले माघे सक्रान्ति मनाउने

कुर्दिस्तान (इराक) । ‘भेषभुषा,भाषा संस्कृर्तीको संरक्षण एवम विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता’ भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ शाखा,कुर्दिस्तानले माघे सक्रान्ति(माघ्या सकराटी) ५०१४ (विसं२०७७) को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ ।

अघिल्लो बर्ष नेपालदेखि राष्ट्रिय कलाकारलाई निमन्त्रणा गरि विभिन्न कार्यक्रमका साथ हल तथा पार्टी प्यालेसमा उपस्थित भई भब्य रुपमा यो कार्यक्रम मनाउने गरिन्थ्यो । ‘यस पटक भने कोरोना भाइरसको प्रभावका कारण स्थानीय कलाकारका साथमा मनाइने छ,’ नेपाल मगर संघ शाखाका महासचिव धुव्र आले मगरले प्रवास खवरलाई बताए बताए ।

आउँदो १५ जनवरीदेखि सुरु हुने उक्त कार्यक्रममा इराकको कुर्दिस्तानमा रहेका नेपालसँग सरोकार राख्ने विभिन्न संघसस्थाका प्रतिनिधि लगायत नेपाली समुदायलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।