कुवेतबाट रोजगार गुमाएका नेपाली श्रमिकको उद्धार

कुवेतबाट रोजगार गुमाएका नेपाली श्रमिकको उद्धार

कुवेत । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि काम नदिएपछि अलपत्र परेका ६ पुरुष र एक महिलासहित ७ नेपालीको उद्धार गरि स्वदेश पठाइएको छ ।

उनीहरुलाई गैरआवासीय नेपाली संघ केन्द्रले पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकटको ब्यवस्था गरेको थियो । काठमाडौंदेखि घरसम्मको खर्च जुटाएर जजिरा एयरमार्फत ६ जनवरीमा स्वदेश फर्काइएको थियो ।

एनआरएनएका उपाध्यक्ष तथा यसै संस्थाका वैदेशिक रोजगार विभाग संयोजक डा. बद्री केसीका अनुसार अनुसार,उद्घार गरी स्वदेश फर्किनेहरुमा विशनबहादुर खत्री,लक्ष्मनबहादुर ढकाल,मिलनकुमार तामाङ,रामबहादुर तामाङ,विजय ग्याबक,अमर ढकाल र शान्ति विक रहेका छन् ।

कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा एनआरएनएले संयोजन तथा सहयोगी भुमिका खेल्दै आएको छ । उसले रोजगार गुमाएका कारण नेपाल फर्कने चाहने नेपालीलाई हवाई टिकट,पीसीआर परीक्षणका प्रवन्ध पनि मिलाउदै आएको छ । गैरकानुनी भई कुवेत बस्न समस्या परेकालाई सहयोग गरी काठमाडौंसम्म पठाउनमात्र होइन,विमानस्थलदेखि घरसम्म पुग्ने खर्च समेत ब्यवस्था गरिने संयोजक केसीले बताएका छन् ।