कतारमाथि लगाइएको नाकाबन्दी खुलाएकोमा नेपालले गर्‍यो स्वागत

कतारमाथि लगाइएको नाकाबन्दी खुलाएकोमा नेपालले गर्‍यो स्वागत

काठमाडौं । कतारमाथि लगाइएको नाकाबन्दी खुलाउनका लागि भएको सहमतिको नेपालले स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘गल्फ को–अपरेशन काउन्सिल(जीसीसी)का लिडर देशहरुले शिखर वार्तामा चालेका महत्वपूर्ण कदमले यसका सदस्य राष्ट्रहरूका बीचमा भएका विद्यमान समस्याको समाधान गर्नुका साथै त्यो क्षेत्रमा स्थिरता र सहकार्यता स्थापनामा योगदान पुग्ने विश्वास गरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘नेपाल सबै जिसीसी देशहरुसँग निकट द्विपक्षीय सम्बन्ध राख्दछ । नेपाल र नेपाली जनताले सधैं खाडी क्षेत्रको शान्ति,समृद्धि र विकासका लागि कामना गर्दछौं ।’

मंगलबार साउदी अरबको उत्तर–पश्चिमी क्षेत्रमा रहेको प्राकृतिक तथा ऐतिहासिक महत्वको क्षेत्रको तटीय अल–उला सहरमा खाडी मुलुकका नेताको उपस्थितिमा भएको शिखर सम्मेलनले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारीलाई अन्त्य गरेको हो ।

कतार र कतारसँग निकट रही विभिन्न समूहले इरानको हितमा काम गरेको भन्दै सन् २०१७ को जुन महिनामा कतारमाथि प्रतिबन्ध लगाइएको थियो ।