फिनल्याण्ड  पठाइदिने भन्दै दलाल सक्रिय

फिनल्याण्ड  पठाइदिने भन्दै दलाल सक्रिय

काठमाडौं । सोझासाझा नेपालीलाई लक्षित गरी आकर्षक सेवासुविधासहित युरोपियन मुलुक फिनल्याण्डमा रोजगारीको लागि पठाइदिने भन्दै दलाल सक्रिय हुन थालेका छन् । प्रतिमहिना १४०० युरो (दुई लाख नेपाली रुपियाँभन्दा बढी) तलब पाइने भन्दै दलालले झण्डै १२ लाख रुपियाँ असुलेर फिन्ल्याण्ड पठाउने प्रलोभन दिन थालेका छन् ।

एनआरएनए फिनल्याण्डले जनाए अनुसार फिनल्याण्डको श्रम कानुनअनुसार पैसा लिएर कामदार ल्याउनु अवैधानिक मानिन्छ ।

‘फन्ल्याण्डमा रोजगारको अवसर’ भन्दै अवैधानिक विज्ञापन गर्ने र अनेक किसिमका प्रलोभनमा नफस्न एनआरएनए,फिन्ल्याण्डले अपिल गरेको छ । उसले भनेको छ,‘फिनल्याण्डको नियम कानुन बुझेर,दूतावासमा सम्पर्क गरेर यथार्थ बुझ्न सबैलाई अनुरोध गर्दछौ ।’