पोर्चुगलमा निःशुल्क सौन्दर्य तालिम

पोर्चुगलमा निःशुल्क सौन्दर्य तालिम

लिस्बन । नेपाली महिला समाज पोर्चुगलले ४ जनवरीदेखि नेपाली समुदायका महिलालाई लक्षित गरी निःशुल्क सौन्दर्य सम्बन्धि तालिम सुरु गरेको छ ।

कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र नै धरासायी बनेको यस अवस्थामा रोजगार गुमाएका तथा नेपालबाट हालसालै नयाँ आएका महिलालाई लक्षित गरी उनीहरुलाई सीप सिकाउने र स्वरोजगार बनाउनका लागि तालिम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । एक महिनासम्म चल्ने उक्त तालिममा पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास गर्दै आएका १० जना महिलाको सहभागिता थियो ।

नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला खराल ढकालका अनुसार तालिम प्रशिक्षकका रुपमा पोर्चुगलमा लामो समय सौन्दर्य व्यवसायमा आवद्ध रही छुट्टै पहिचान बनाउन सफल व्यवसायी मीरा कार्की रहेकी छिन् ।।

पोर्चुगल नेपाली महिला समाजले आफ्नो स्थापनाकाल देखिनै रचनात्मक एवं सिर्जनात्मक काममा सक्रिय रहँदै समस्यामा परेका नेपालीलाई सहयोग,नेपाली संस्कृर्तिको प्रचारप्रसार,नेपालमा बालबालिका तथा महिलालाई आर्थिक सहयोग गर्ने तथा विभिन्न कार्यक्रम गर्दै आएको छ ।