कतार र साउदी अरबबीच नाका खोल्ने सहमति

दोहा । कतार र साउदी अरबबिच हवाई,स्थल र समुद्रीमार्गको सीमा खोल्ने सम्झौता भएको छ । ‘आज रातीदेखि सीमा खुल्नेछ’,कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासिर अलमोहम्मद अल सवाहले भने ।
‘आज साँझदेखि शुरु हुने गरी हवाई,स्थल तथा समुद्रीमार्गको सीमा खोल्ने कतार र साउदी अरब अधिराज्यबीच सहमति भएको छ,’ कुवेतका विदेशमन्त्रीले भने ।
उनले अगाडि भनेका छन्,‘कुवेतका अमिर (राजा) ले कतार राज्यका अमिर (राजा) सँग र साउदी अरबका राजकुमारसँग अल उला शिखर सम्झौतामा हस्ताक्षर गर्नका लागि दुईपटक वार्ता गरे र कतार तथा साउदी अरबबीचको सम्पूर्ण सीमा आज साँझदेखि खुला गर्नका लागि सहमत भए ।’
एजेन्सी
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर