सौलस्थित नेपाली दूतावासको कन्सुलर सेवा बन्द रहने

सौलस्थित नेपाली दूतावासको कन्सुलर सेवा बन्द रहने

काठमाडौं । दक्षिण कोरियाको सौलस्थित नेपाली दूतावासको कन्सुलर सेवा आइतबारका लागि बन्द रहने भएको छ ।

हाल सौल क्षेत्रमा कोरोना भाइरसको संक्रमण अत्याधिक मात्रामा फैलिएपछि स्थानीय प्रशासनले एकै ठाउँमा ४ जनाभन्दा बढी व्यक्तिहरु भेला हुन प्रतिबन्ध लगाएको छ । तर, सोही समयमा राजदूतावासमा राहदानी नवीकरण तथा कन्सुलर सेवा लिन आउने नेपालीको भीडभाड बढेपछि आइतबारको लागि सेवा प्रवाह बन्द गर्नु परेको दूतावासले जनाएको छ ।

आगामी १० जनवरीदेखि अर्को सूचना जारी नहुँदासम्म प्रत्येक आइतबार सेवा बन्द रहने दूतावासले जनाएको छ ।