कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको छ एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

योसँगै विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय १५ पुगेको छ । विदेशका विभिन्न २० देशमा नेपालीले ज्यान गुमाएको संयोजक सापकोटाले बताए ।

सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६ सय ५६ जना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, यूएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।