एनआरएनएका अध्यक्ष कुमार पन्तद्वारा प्रवास खबर डटकमकाे शुभारम्भ

एनआरएनएका अध्यक्ष कुमार पन्तद्वारा प्रवास खबर डटकमकाे शुभारम्भ

काठमाडौं । गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले प्रवास मिडिया प्रोडक्सन प्रालिद्वारा संचालित प्रवास खबर डटकमको शुभारम्भ गरेका छन ।

जनवरी १ मा जुमको माध्यमबाट संचालन गरिएको शुभारम्भ कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा.बद्री केसी,संघका मध्यपूर्व क्षेत्रीय उपसंयोजक राजेन्द्र अर्याल (जोन),यूएई अध्यक्ष प्रकाश कोइराला,साउदी अरब अध्यक्ष तेजबहादुर थापा, संघका कतार प्रवक्ता सन्तोष क्षेत्री,अष्ट्रिया अध्यक्ष विनोद चौलागाँइ,आयरल्याण्ड अध्यक्ष मिलन छन्त्याल,दक्षिण कोरिया अध्यक्ष यज्ञराज सुवेदी,नेदरल्याण्ड महासचिव संघर्षशिल केसी,हङकङ महासचिव गोकर्ण ढकाल,टर्की महासचिव विनोद पौडेल,इराक सचिव विनोद श्रेष्ठ,साउदी अरब सदस्य रमेश भण्डारी,वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष हरि थापा,नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जालका एसिया अध्यक्ष टंक पन्त,पत्रकार महासंघ युरोपका प्रतिनिधि राजकुमार थापा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

वेबसाइट शुभारम्भ कार्यक्रममा प्रवास मिडिया प्रोडक्सन प्रालिका अध्यक्ष तथा प्रवास खबर डटकमका प्रकाशक बिनेश खनालले कार्यक्रम संयोजन गर्नुकासाथै वेभसाइट संचालनमा ल्याउनुको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सल्लाहकार सम्पादक सन्तोष आचार्य र सम्पादक टिकाराम खनालले प्रवास खबर डटकमले प्रवासीको साझा मन्चका रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।