युट्यूबमा हेर्नुहोस् ‘वीर बिक्रम २’ [भिडियो]

युट्यूबमा हेर्नुहोस् ‘वीर बिक्रम २’ [भिडियो]

काठमाडौं – नेपाली चलचित्र ‘वीर बिक्रम २’ युट्यूबमा सार्वजनिक गरिएको छ । चलचित्रमा वर्षा शिवाकोटी, पल शाह र नाजिर हुसेनको शीर्ष भूमिका रहेको छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

वीर र विक्रम दुई साथीको सम्बन्धलाई चलचित्रमा उतारिएको छ । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, मनोज केसी लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने सुदीप बरालले चलचित्रको छायांकन गरेका हुन् ।

त्यस्तै चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन र बनिष शाहको सम्पादन रहेको छ । यसअघि चलचित्र ‘वीर विक्रम’ निर्माण भई प्रदर्शनमा आएको थियो । उक्त फिल्ममा दयाहाङ राई र अनुपविक्रम शाहीको शीर्ष भूमिका थियो ।