स्मारिका र सामारिकासँग रोमान्स गर्दै पल [भिडियो]
![स्मारिका र सामारिकासँग रोमान्स गर्दै पल [भिडियो]](https://www.prawaskhabar.com/wp-content/uploads/2020/12/Pal.jpg)
काठमाडौं– गायक विशाल निरौलाको ‘माया लाउन मसँग’ बोलको नयाँ गीत रिलिज भएको छ । गीतमा विशालसँगै फिमेल भ्वाइसमा गायिका रचना रिमालले स्वर दिएकी छिन् ।
गीतको भिडियोमा पछिल्लो समय टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामारिका ढकालले अभिनय गरेका छन् । उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन् ।
गीतको भिडियोमा दुवै दिदीबहिनीसँग पलको रोमान्स देख्न सकिन्छ ।गीतमा केशव बैरागी माइलाको शब्द रहेको छ भने ज्ञानेन्द्र गिरीको संगीत रहेको छ ।