टर्किस एयरलाइन्सका यात्रुलाई पीसीआर अनिवार्य

इस्तानबुल । टर्किको राष्ट्रिय धोजाबाहक टर्किस एयरलाइन्सले आफ्ना यात्रुका लागि पीसीआर अनिवार्य गरेको छ । डिसेम्बर २८ सोमबारदेखि लागू हुनेगरि अन्तराष्ट्रिय उडान भर्ने सबै यात्रुका लागि पीसीआर अनिवार्य गरेको हो ।
उडान भर्न यात्रीहरुले कोरोना भाइरसको संक्रमण नभएको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य पेश गर्नुपर्नेछ। कम्पनीका अनुुसार परीक्षण गरेको ७२ घण्टा सम्मको नतिजालाई मान्यता दिइनेछ।
स्वास्थ्य मन्त्रालयको अनुरोधमा विदेसबाट आउने सम्पूर्ण यात्रुहरुलाई डिसेम्बर २८ बाट कोरोना नभएको रिपोर्ट बोर्डिङ्ग पास लिनुअघि अनिवार्य पेस गर्नु पर्ने नियम लगाइएको हो ।
नयाँ कोरोना भाइरस द्रुत गतिमा फैलिएका देशहरुमा आइतबारबाट यात्रा प्रतिबन्ध लगाएको छ। जसमा युके, डेनमार्क, नेदरल्यान्ड र दक्षिण अफ्रिका रहेका छन।
टर्की र नेदरल्याण्डबीच उडानहरू बुधवार पुनः सुरु भएता पनि अन्य उडानहरुमा अझै प्रतिबन्ध जारी छ।
Facebook Comment