खानाको माग(कविता)

खानाको माग(कविता)

देशका बस्तीहरूमा

जनताको एकसुत्रिय माग छ:

सरकार,

एकपेट खान पाईयोस!

शहरमा,

बस्तीका प्रतिनिधि भन्छन्:

चौरासी व्यञ्जन बिनाको खाना के खाना ?!

बस्ती र बस्तीका प्रतिनिधि बीचको

खानाको खाडल

कहिले अन्त्य हुन्छ ?

यो नै वर्तमान युगको

यक्ष प्रश्न बनेको छ ।।।