मलाई सधैँ बाँच्न मन लाग्छ: हिल्टन

काठमाडौं । टेलिभिजन प्रस्तोता, गायक, मोडल, नायिका, ब्यवसायी र सामाजिक अभियन्ता पेरिस हिल्टनले आफूलाई सधैँ बाँच्न मन लागेको बताएकी छिन्।
बेलायतको कस्मोपोलिटन म्यागजिनसँग कुराकानी गर्दै यदी स्वर्गमा पृथ्वीको जस्तो सुविधा भएन भने समय कटाउन कठिन हुने बताइन्।
केही वर्ष पहिले प्रदर्शित सिनेमा ‘डेथ बिकम्स हर’को जस्तै कहिले पनि नमर्ने औषधी पत्ता लगाउन उनले बैज्ञानिकहरुलाई अनुरोध गरेकी छिन्।
कस्मेटिक सर्जरी बिना नै आफ्नो सौन्दर्यलाई कायम राख्न सफल हिल्टन समय समयमा विवादमा आउने गर्छिन्।
१७ फेव्रुअरी १९८१ को दिन न्युयोर्कमा जन्मेकी हिल्टनद्वारा अभिनित केही चर्चित सिनेमाहरुमा द सिम्पल लाइफ, राइजिङ्ग हेलन, द अमेरिकन मेम, द अदर गाइज, सन् सेट स्ट्रिप, एल ए नाइट्स आदि छन्।
Facebook Comment