गैरआवासीय नेपालीले लगाउन थाले कोरोनाविरुद्धको खोप

गैरआवासीय नेपालीले लगाउन थाले कोरोनाविरुद्धको खोप

काठमाडौं । खाडी तथा युरोपेली देशमा रहेका नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

बेलायत, कतार, क्यानडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका संघले जनाएको छ । विश्वका विभिन्न देशले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।