नेपालमा पछिल्लो २४ घण्टामा ४८१ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ४८१ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ७३१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।