विदेशमा कोरोना संक्रमणमुक्त नेपालीको संख्या बढ्यो

विदेशमा कोरोना संक्रमणमुक्त नेपालीको संख्या बढ्यो

काठमाडौं । विदेशमा कोरोना भाइरस ९कोभिड (१९० बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कोभिड ( १९ु को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण हालसम्म नेपालबाहेक २१ देशमा ३ सय १२ जना नेपालीको निधन भएको सापकोटाले जानकारी दिए ।