नवनियुक्त मन्त्री चौधरीको पुत्ला दहन

नवनियुक्त मन्त्री चौधरीको पुत्ला दहन

काठमाडाैं । नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको शनिबार कैलालीको हसुलियामा पुत्ला दहन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलारी गाउँ कमिटीले चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको मतियार बनेको भन्दै पुत्ला दहन गरिएको हो । शनिवार बिहान बसेको गाउँ कमिटीको बिस्तारित बैठककपछि मन्त्री चौधरीको पुत्ला दहन गरिएको नेकपा कैलाली सचिवालय सदस्य परशु चौधरीले बताए ।

चौधरीलाई प्रधानमन्त्री ओलीले शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *