५४३४ नमुना परीक्षण, ५०० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन्।

यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ। उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने १८१९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालदेशभर ६७४९ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ३३४९ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।