हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बस दुर्घटना, एकजनाको मृत्यु

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत बस्तिपुरमा अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन्।

मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौली रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

तीव्र गतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ। घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ।