पुष्पलाल स्मृती ब्याडमिन्टनको दशौं संस्करण लहानको गोलबजारमा

१० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता २९ पुसदेखि लहानमा आयोजना हुने भएको छ।
पहिले यो काठमाडौंको कभर्डहलमा २२ पुमा संचालन हुने भनिएको थियो। अब सरेर माघ ३ सम्म लहानको गोलबजारमा आयोजना हुने आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ।
राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने र प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने आयोजनाका सचिव रदीप महर्जनले जानकारी दिए।
ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगितालाई उपत्यका बाहिर लैजाने सोचमा संघ रहेको र त्यसका लागि आयोजकको खोजी भइरहेकोमा भर्खरै गोलबजार ब्याडमिन्टन क्लबले प्रतियोगितालाई लहानमा आयोजना गर्ने निर्णय गरि संघलाई खबर गरेको बताए।
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
