खेलकुदमन्त्रीमा दावा तामाङ

खेलकुदमन्त्रीमा दावा तामाङ

काठमाडाैं । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनमा सिन्धुपाल्चाेकका दावा तामाङ खेलकुदमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीले आफू निकट रहेका जगतबहादुर विश्वकर्मालाई मन्त्रीबाट बिदा गरेका हुन् ।

सिन्धुपाल्चोकका अधिकांश नेताहरु प्रचण्ड नेपाल समूह तिर गएका बेला दावालाई प्रधानमन्त्रीले खेलकुदमन्त्री बनाएका हुन् । उनी गत चुनावमा बाम पराजित भएका थिए । उनी २०६४ काे संविधान सभा सदस्य रहेका थिए ।

त्यस क्षेत्रका अधिकांश नेताहरु प्रचण्ड नेपाल समूहमा लागेपछि मन्त्री बन्ने सौभाग्य पाएका हुन् । उनी पूर्व माओवादीबाट नेकपामा रहे पनि बादल पक्षीय नेताको रुपमा परिचित छन् ।