हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ । ढकाल स्वास्थ्यबाट पर्यटन मन्त्रालयमा सरुवा भएका हुन् ।

पुनर्गठित मन्त्रिपरिषद्‌मा हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए ।

कोरोना महामारी सुरु भएपछि त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै मन्त्री ढकालको आलोचना भएकाे थियाे । उनी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको भनिएको अनियमिततामा पनि मुछिएका छन् ।