अमेरिकाको टेनिसीमा भ्यान बिस्फोट

अमेरिकाको टेनिसीमा भ्यान बिस्फोट

अमेरिका । अमेरिकाको टेनिसी राज्यको नाशभिल शहरमा पार्क गरि राखिएको भ्यान बिस्फोट भएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान बिस्फोट हुँदा तीनजना घाइते भएका छन् ।

बिस्फोटका कारण राज्यभरको सञ्चार सम्बन्धमा समस्या उत्पन्न भएको जनाइएको छ ।

बिस्फोट भएको क्षेत्र नजिकबाट मानव शरीरको सम्भावित अवेषहरु फेला परेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । तर त्यो अवेष मानवको हो होइन भन्ने यकिन भएको छैन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *