इथियोपियामा निर्वाचनको घोषणा

इथियोपियामा निर्वाचनको घोषणा

इथियोपिया । द्वन्द्वग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्नेगरी संसदीय निर्वाचनको घोषणा गरिएको छ ।

निर्वाचन आयोगले अर्को वर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।

सन् २०२० मै निर्वाचन गर्ने तालिका भए पनि कोरोनाभाइरसको महामारीका कारण पछि सरेकाे हाे । देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना र द्वन्द्वका कारण पनि निर्वाचन पछाडिका लागि सारिएको जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *