चिसाे माैसममा खाली पेटमा के खाने ?

जाडोयाममा खाली पेटमा केही खानेकुरा खाँदा यसले शरीरका लागि निकै फाइदा पुर्याउँछ । जसबारे हामी तपाइँलाई जानकारी गराउन लागेका छाैँ ।
मनतातो पानी र महः
चिसो मौसममा आफ्नो दिनको सुरुवात मनतातो पानी र महसँगै गर्नुहोस् । मह मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइमले भरिपूर्ण हुन्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा सबै विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने गर्छ ।
भिजाएको बदामः
बदामलाई सधैं राती भिजाएर बिहान खानुपर्छ । बदामको बोक्रामा टेनिन हुन्छ जसले शरीरमा पोषक तत्वको अवशोषण रोक्छ ।
ओटमीलः
ओटमीलभन्दा राम्रो ब्रेकफास्ट अरु केही हुन सक्दैन । यसले शरीरबा विषाक्त पदार्थ बाहिर निकाल्छ र आन्द्रालाई स्वस्थ राख्छ ।
भिजाएको ओखरः
बदाम झैं ओखर पनि भिजाएर खाँदा यसले बढी फाइदा पुर्याउँछ । आफ्नो दिनको सुरुवात राती भिजाएको ओखर खाएर गर्नुहोस् । शरिर स्फूर्त रहन्छ ।
ताजा अपडेट
