ताैल घटाउनका लागि कुन समयकाे व्यायाम उपयुक्त ?

ताैल घटाउनका लागि कुन समयकाे व्यायाम उपयुक्त ?

ताैल घटाउनका लागि मानिसहरु विभिन्न समयमा व्यायाम गर्ने गर्छन् । धेरै मानिसहरुलाई थाहा हुँदैन कि व्यायाम गर्ने समयले पनि तौलमा असर पर्छ ।

बिहानको समयमा व्यायाम गर्नाले कैयौं फाइदा हुन्छ ।बिहानको एक्सरसाइजले शरीरमा एन्डोर्फिन हार्मोन बन्दछ । जो तनाव कम गर्दै दिमागलाई शान्त राख्दछ ।

बिहान एक्सरसाइज गर्नाले मेटाबालिज्म पनि ठिक रहन्छ । अध्ययन अनुसार साँझ एक्सरसाइज गर्नेको तुलनामा बिहान एक्सरसाइज गर्नेलाई निद्रा राम्रो लाग्ने पाइएको छ ।

यद्यपि, तौल घटाउनका लागि भने नियमित रुपमा एक्सरसाइज गर्न जरुरी हुन्छ । ताैल घटाउनका लागि बिहानकाे समयमा व्यायाम गर्नु उपयुक्त हुन्छ ।